अशोक शर्माको ‘डबल ट्रिपल’ पनि दशैँको फूलपातिमा

469 shares

काठमाडौँ । अशोक शर्माको नयाँ चलचित्र ‘डबल ट्रिपल’ पनि दशैँको फूलपातिमै प्रदर्शनमा आउने भएको छ । बुधबार महाशिवरात्रिको अवसरमा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै कलाकार र प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

अशोक शर्माकै निर्देशन रहने फिल्मको कटा तथा पटकथा शर्मा र राजेश सिटौलाको रहने भएको छ । ६ वर्षपछि निर्देशनमा फर्कन लागेका शर्माको फिल्ममा कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, केकी अधिकारी, मिरुना मगर, विल्सन विक्रम राई, उदय सुब्बा, राजाराम पौडेल रहनेछन् ।

फिल्मको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भर्नेछन् भने आलोक शुक्लाको छायांकन रहनेछ ।

‘फिल्म घोषणा गर्दै निर्देशक शर्माले फेसबुकमा लेखेका छन्, ‘हामी आउँदैछौँ तपाईंको मज्जा ‘डबल’ होइन ‘ट्रिपल’ गर्न ।’ फिल्ममा किरण शर्मा पौडेल, अंकित शर्मा र कीर्ति शर्मा निर्माता रहेका छन् ।

आगामी दशैँमा आधा दर्जन भन्दा बढी फिल्म रिलिज हुने भएको छ ।

469 shares