लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिइन् नम्रता श्रेष्ठ

588 shares

काठमाडौँ । अभिनेत्री नम्रता श्रेष्ठ लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएकी छन् । ह्यासट्याग मायाको छायांकनको क्रममा भएको एक घटनाका कारण उनि लामो समयदेखि सार्वजनिक कार्यक्रममा देखिएकि थिइनन् ।

पछिल्लो समय सामाजिक संजालमा केहि तस्बिरहरु सार्वजनिक गरे पनि सार्वजनिक कार्यक्रममा नदेखिएकि उनि धुलिखेल नगरपालिकाले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार आयोजना गरेको छलफल सत्र र सम्मान कार्यक्रममा अतिथिको रुपमा सहभागि भएकी थिइन् ।

नम्रता पछिल्लोपटक फिल्म ‘जाइरा’को पत्रकार सम्मेलनमा देखिएकी थिइन् । शुक्रबार कार्यक्रममा देखिएकी नम्रताको हेयर स्टाइल र लुक्समा परिवर्तन देखिन्छ । कार्यक्रममा बोल्दै नम्रताले महिला र पुरुष दुवैजना मिलेको खण्डमा राष्ट्रलाई उच्च स्थानमा लैजान सकिने बताइन् ।

महिलाको सोचलाई सम्मान र साथ दिएको खण्डमा महिलाले जुनसुकै काम पनि गर्न सक्ने नम्रताको भनाई छ । उनले महिलालाई मात्र नभएर पुरुषलाई पनि उत्तिकै सेलिब्रेट गर्नुपर्ने बताइन् । ‘किनभने उहाँहरुको समानता र सशक्तीकरणको लागि पुरुषको पनि त्यत्तिकै हात हुन्छ । उहाँहरुको साथ भयो भने अगाढि बढ्न सकिन्छ’ उनले भनिन् ।

उनले थप्दै भनिन्, ‘महिला पुरुष भन्दा पनि दुवैलाई सम्मान गर्न चाहन्छु म चाहिँ । दुवैजना मिल्यौं भने नगरपालिका मात्र नभएर राष्ट्र निर्माणलाई पनि उच्च स्थानमा लैजान सक्छौं ।’

सन् २००८ मा रिलिज भएको ‘सानो संसार’बाट नेपाली फिल्ममा डेब्यु गरेकी नम्रताले करिअरमा १७ फिल्ममा अभिनय गरेकी छन् । उनको पछिल्लो फिल्म ‘जाइरा’ थियो ।

588 shares