‘पिताम्बर’को टीमले मनायो होली, दिव्या आइनन्

532 shares

काठमाडमौँ । चैत्र २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पिताम्बर’को टिमका कलाकारले होली खेलेका छन् । विहिबार बिहान फिल्मको टिमले कलाकारसँग होली खेलेको हो ।

एकआपसमा रङ दलेर कलाकारहरुले होली खेलेका छन् । होली खेल्न फिल्मका कलाकार प्रदीप खड्का,सुपुष्पा भट्ट, दिव्य देव निर्देशक कृषा चौलागाइ लगायत उपस्थित भएका थिए । अभिनेत्री दिव्या रायमाझी र सुरक्षा पन्त भने अनुपस्थित देखिए ।

मल्टिस्टारर एक्सन फिल्म केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्तको पनि अभिनय छ ।

फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सहनिर्माता, सुमन गौतम कार्यकारी निर्माता छन् ।

 

532 shares