‘परालको आगो’मा प्रकाश सपुत

वि.सं.२०८१ चैत १ शुक्रवार ०३:३९
357
shares

काठमाडौँ । गायक तथा अभिनेता प्रकाश सपुतले नयाँ फिल्म साइन गरेका छन् । उनले लक्ष्मण सुनारले निर्देशन गर्ने ‘परालको आगो’ साइन गरेका हुन् ।
फिल्म निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेल र कलाकार सपुतले कागजी संझौता गरेका छन् । फिल्ममा यसअघि जितु नेपाल र सुहाना थापा अनुबन्धित भइसकेका छन् ।
फिल्ममा प्रकाशको जोडी सुहानासँग हुने जनाइएको छ । फिल्ममा सुशील देवकोटाको लेखन, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत रहनेछ ।

वि.सं.२०८१ चैत १ शुक्रवार ०३:३९
357
shares