अनेरास्ववियुले जेठमा काठमाडौँमा महाधिवेशन गर्ने

693 shares

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले जेठ १ देखि ४ गतेसम्म काठमाडौंमा अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो।

महाधिवेशनको तयारीका लागि विभिन्न उपसमितिहरु गठन गरिएको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए । अनेरास्ववियुको महाधिवेशन मिति यसअगाडि तोकिएपनि मिति तोकिएको थिएन । आजको बैठकले मितिसहित महाधिवेशन तोकेको हो ।

साथै, ‘युवा उत्सव’ कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न पूर्णरूपमा परिचालित हुने निर्णय पनि बैठकले गरेको छ।

693 shares