हलमा नानीको फिल्म ‘हिट : द थर्ड केस’
वि.सं.२०८२ वैशाख १९ शुक्रवार १४:३३
2.04K
shares

काठमाडौँ । दक्षिण भारतीय अभिनेता नानी स्टारर फिल्म ‘हिट : द थर्ड केस’ प्रदर्शनमा आएको छ । फिल्म बिहीबारदेखि हलमा प्रदर्शनमा आएको हो ।
सुखद् शोज पाएको फिल्मले राम्रै व्यापार गर्ने अपेक्षा नेपाली हलहरुले गरेका छन् । फिल्ममा नानीसहित श्रीनिधी शेट्टी सूर्या निवास प्रतीक बब्बर लगायतको अभिनय छ।
सैलेश कोलानू निर्देशित फिल्म सस्पेन्स एक्सन थ्रिलर जनरामा बनेको हो। फिल्म सन् २०२० मा रिलिज भएको ‘हिट’ को तेस्रो शृंखला हो। पहिलो फिल्मको सफलतासँगै सन् २०२२ मा ‘हिट : द सेकेन्ड केस’ आएको थियो।
वि.सं.२०८२ वैशाख १९ शुक्रवार १४:३३
2.04K
shares







