वर्षा शिवाकोटीको ‘झिल्को’ हलमा टिक्नै सकेन

2.77K shares

काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटीको करियर उतार चढाव भइ नै रहेको छ । उनको हिट फिल्मको संख्या न्यून छ । फिल्ममा व्यस्तता वर्षाको राम्रै छ तर दर्शकको रोजाईमा उनको कमै फिल्म पर्ने गरेका छन् ।

गतवर्ष उनलाई ‘छक्का पन्जा ५’ ले ठुलै राहत थियो । यस्तोमा उनको आगामी चलचित्र कस्तो होला भन्ने चासो थियो । वैशाख १९ बाट ‘झिल्को’ फिल्म प्रदर्शनमा आयो । तर, दर्शकले उनको फिल्म आएकै थाहा पाएनन् । न्युन शो पाएको फिल्म हेर्न दर्शक हल सम्म पुगेनन् । फिल्म पहिलो दिन नै फिल्म हलबाट उत्रिने अवस्थामा पुग्यो ।

फिल्म फ्लप भएपछि वर्षाले सामाजिक संजालमा लेख्दै फिल्म बनाएर मात्रै नहुने, प्रचार प्रसारमा पनि ध्यान दिनुपर्ने धारणा राखिन् ।

वर्षाको अगामी चलचित्र ‘माग्ने राजा’ आगामी तीजमा प्रदर्शनमा आउँदैछ । यो फिल्मले भने वर्षालाई राहत दिने आशा गरिएको छ ।

2.77K shares