प्रदीप र वेनिशाको ‘एक्लो–१’ को फर्स्टलुक भिडियो सार्वजनिक
वि.सं.२०८२ असार २३ सोमवार ०६:५१

काठमाडौँ । प्रदीप शाहीको निर्देशनमा बनेको साईफाई फिल्म ‘एक्लो’ को फर्स्टलुक भिडियो सार्वजनिक गरिएको छ । निर्माण टिमले फर्स्टलुकको साथमा फिल्मको प्रदर्शन मिति पनि तोकेको छ । फिल्म आगामी पुष महिनामा प्रदर्शन हुने जनाइएको छ ।
सार्वजनिक भिडियोमा पात्रहरुको लुक्स देखाइएको छ । हाल फिल्मको बेलायतमा पोष्ट प्रोडक्सन भइरहेको छ । फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिंह ठकुरी, एवनराज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठको साथमा बाल–कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहको अभिनय छ । फिल्ममा बेलायती कलाकार जेमी बेकनको पनि अभिनय छ ।
फिल्मका निर्मातामा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, सुशीला वादी, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ छन् । फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।
वि.सं.२०८२ असार २३ सोमवार ०६:५१













