‘मिस नेपाल नर्थ अमेरिका’को जजमा प्रदीप, अनुप, नीति, आँचल

2.07K shares

काठमाडौं । ‘मिस नेपाल नर्थ अमेरिका २०२५’को आयोजकले निर्णायक सार्वजनिक गरेका छन् । आयोजक संस्था ड्रीम्स युनिभर्सलले विज्ञप्ति जारी गर्दै जजको नाम खुलाएको हो ।

जजमा पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, अभिनेताद्वय प्रदीप खड्का र अनुपविक्रम शाही, अभिनेत्रीद्वय आँचल शर्मा र नीति शाह छन् । यी सबै सेलिब्रेटीले २ अगस्टमा अमेरिकाको न्यूयोर्कमा हुने फिनालेमा सहभागिता जनाउनेछन् । समारोह क्वीन्सको मेलरोज बलरुममा हुनेछ ।

प्रतियोगिताको विजेताले मिस नेपालमा सीधै प्रवेश पाउनेछन् ।

2.07K shares