प्यासले पिरोलिएको मधेसमा पानी पठाऔँ : प्रकाश पौडेल
वि.सं.२०८२ साउन ११ आइतवार १२:३३
2.06K
shares

काठमाडौँ । नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले मधेसमा पानी पठाउन आग्रह गरेका छन् । पौडेलले सञ्चालन गरिरहेको सहारा अभियान मार्फत मधेसमा पानी पठाउन अपिल गरेका हुन् ।
अत्याधिक गर्मी र खडेरीका कारण तराईका विभिन्न जिल्लाहरुमा खानेपानीको भयावह अभाव छ । यस्तोमा प्यासले पिरोलिएको मधेशमा पानी पठाउन पौडेलले आग्रह गरेका हुन् ।
उनले यस्तो विषम परिस्थितिमा हामीहरु जो जहाँ छौँ त्यहाँबाट मधेसमा छुट्ने सवारी साधन (बसहरु, ट्रकहरु आदि) मार्फत पानीका बोतहरु पठाउन आग्रह गरेका छन् । यस्तो गर्दा प्यासले छट्पटाइरहेका मधेसका आम जनतालाई थोरै भएपछि राहत मिल्ने उनको भनाइ छ ।
ठुलो परिवर्तनका लागि यस्ता साना पाइलाहरु आबश्यक रहेको पौडेलले बताए । पानी दिएर जीवन बचाउन उनले सबैलाई आग्रह गरेका छन् ।
वि.सं.२०८२ साउन ११ आइतवार १२:३३
2.06K
shares








