निखिलको आचार्यको छायांकन भदौ ५ बाट
वि.सं.२०८२ साउन २२ बिहीवार ०८:१६
1.16K
shares

काठमाडौँ । निखिल उप्रेतीको आगामी चलचित्र आचार्यको छायांकन भदौबाट सुरु हुने छ । उप्रेतीले भदौ ५ गतेबाट फिल्मको छायांकन सुरु गर्ने भएका हुन् ।
फिल्मको छायांकन भारतको पश्चिम बंगालस्थित डुअर्सबाट सुरु हुनेछ । ६० दिनको छायांकन सेड्युल रहेको फिल्म डुअर्समा २५ दिन खिचिनेछ । बाँकी छायांकन नेपालमा हुने जनाइएको छ ।
विश्वस्तरीय एक्सन फिल्म बनाउने लक्ष्य लिएका निखिलका फिल्ममा मुख्य भूमिका हुनेछ । फिल्ममा पूर्णिका सिजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा बलिउड अभिनेता सुनिल सेट्टी पनि देखिने जनाइएको छ ।
फिल्ममा वर्ल्ड क्लासको एक्सन हुने निखिलले बताएका छन् । फिल्मको पटकथा निखिल आफैले लेखेका हुन् ।
वि.सं.२०८२ साउन २२ बिहीवार ०८:१६
1.16K
shares






