‘माग्ने राजा’को ट्रेलर : सहकारी ठगीको कथा
वि.सं.२०८२ साउन २२ बिहीवार ०९:२१

काठमाडौँ । ऋषि लामिछानेको निर्देशनमा बनेको चलचित्र ‘माग्ने राजा’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
४ मिनेटको ट्रेलर फिल्मको मुख्य पात्र केदार घिमिरे माग्नेबुढाको वरिपर घुमेको छ । ट्रेलरमा केदारको पुरानै शैलिका संवादले दर्शकलाई निराश बनाउन सक्छ । केदारलाई सकेसम्म कमेडि गराउने कोशिष गरिएको छ ।
ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे देखाएको छ । पछिल्लो समय चर्चित बनेको समाजिक बिषय सहकारी ठगि फिल्ममा देखाइएको छ । एउटा सामान्य गाउँले केटोले बोकेको धनी बन्ने सपनाको वरिपरि फिल्म घुमेको छ । ट्रलेरले बिना मिहेनत पैसा कमाउन नहुने सन्देश दिएको छ ।
फिल्ममा केदारप्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरी, मिस पबी, कोमल वलीको अभिनय रहेको छ । केदारको सोलो लिड फिल्म भएकाले भदौ ६ गते उनको परीक्षा दर्शकले हलमा गर्नेछन् । सहायक भूमिकामा दर्शकले अत्याधिक रुचाएका कलाकार हुन् केदार ।
फिल्मको पटकथा सामीप्य तिमल्सेनाले लेखेका हुन् । मधुसुधन शर्माको निर्माण र नरेन्द्र मैनालीको छायांकन छ ।
वि.सं.२०८२ साउन २२ बिहीवार ०९:२१








