फिल्म ‘रिमै’को प्रिमियर सम्पन्न
वि.सं.२०८२ भदौ १९ बिहीवार ०६:३३

काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’को प्रिमियर सम्पन्न भएको छ । बुधबार काठमाडौँको रञ्जना हलमा प्रिमियर गरिएको थियो ।
प्रिमियर अगाडि गुरुङ समुदायको सांस्कृतिक झाँकी स्वरूप सोरठी नाच प्रस्तुत गरिएको थियो । प्रियिरमा केही फिल्मकर्मीहरुको उपस्थिति थियो भने फिल्मका मुख्य कलाकारहरू दयाहाङ राई र रीश्मा गुरुङ, गुरुङ समुदायको भेषभुषामा देखिएका थिए ।
गुरुङको समुदायको कथामा बनेको फिल्मलाई खिलबहादुर गुरुङले निर्देशनमा गरेका छन् । फिल्ममा दया र रिश्माको साथमा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, वीरमाया गुरुङ, पुस्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय छ ।
उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको यो फिल्मलाई शैलेन्द्रध्वज कार्कीले लेखेका हुन् । फिल्मका कार्यकारी निर्माता विरवल घले हुन् । दीपक शर्मा र थानेश्वर गौतमको संगीत रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन छ ।
वि.सं.२०८२ भदौ १९ बिहीवार ०६:३३













