विद्याको सदस्यता विवाद होइन्, उहाँको नेतृत्व लिने आकांक्षा समस्या हो : एमाले महासचिव पोखरेल

784 shares

काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यताको विषय पार्टी भित्रको विवाद नभएर उनले त्यागेको सदस्यता पुनःप्राप्ती गर्ने आकांक्षा र पार्टीले गरेको निर्णयबीचको अन्तर बिरोध भएको बताएका छन् ।

राष्ट्रपति विदा भैसकेपछि के गर्ने ? भन्ने विषय पार्टी (एमाले) का लागि नयाँ कुरा भएको बताउनु भएका महासचिव पोखरेलले यसमा पार्टीको अहिलेसम्मको नीतिले नबोलेको उल्लेख गरे । त्यो अवस्थालाई सिस्टम निर्माण गर्न खोज्दा भएको निर्णयमा जनाइएको असहमतीलाई बाहिर निकै ठूलो भएजस्तो देखाइएकोमा असन्तुष्टी व्यक्त गरे ।

‘भण्डारीले राष्ट्रपतिमा निर्वाचिन हुने बित्तिकै नेपालको संविधान अनुशार पार्टीको सदस्यता त्याग्नु भएको हो’, पोखरेलले भने, ‘पुर्वराष्ट्रपतिको पार्टी सदस्यताको विषय एमाले भित्रको विवाद होइन् नयाँ नीति लागु गर्ने क्रममा राज्यको सर्वोच्च तहको भूमिकामा गैसकेको व्यक्ति पार्टीमा फेरि फर्कन खोज्नु र पार्टीले गरेको निर्णय बीच मेल नहुँदाको अन्तर बिरोध प्रकट भएको हो । तर कालन्तरमा यसले पार्टीलाई एउटा मूल्य र पद्धती अनुरुप स्थापित गर्छ ।’

एमाले नेपालको नीतिगत र विधिगत नेतृत्व गर्ने राजनीतिक शक्ति भएको उल्लेख गर्दै महासचिव पोखरेलले राष्ट्रपतिको व्यवस्था देशका लागि पहिलो अभ्यास भएको र पुर्वराष्ट्रपति भण्डारीले सक्रिय पार्टी राजनीतिमा पुनःसक्रिय हुन खोजेको कारण यो विषय नौलो जस्तो देखिएको स्पष्ट पारे । उप–राष्ट्रपतिलाई माओवादीले उपाध्यक्षको जिम्मा दिएको विषयप्रति संकेत गर्नु भएका पोखरेलले माओवादी राजनीतिक शिकारु भएकाले उसका नीतिले नेपाली राजनीतिको नेतृत्व गर्न नसक्ने ठोकुवा गरे ।

 

784 shares