नियम पालना नगरेपछि ‘कोशेढुंगा’लाई मन्त्रालयको पत्र

1.11K shares

काठमाडौं । फिल्म ‘कोशेढुंगा’ले चलचित्र जाँच समितिको नियम पालना नगरेको भन्दै यसबारे अनुगमन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको श्रव्यदृश्य शाखाले चलचित्र विकास बोर्डलाई पत्र लेखेको छ । ‘चलचित्रका विभिन्न स्थानमा बोलिएका समाजमा अश्लिल लाग्ने संवाद तथा शब्दहरू हटाइ सबै उमेर समूहका दर्शकलाई सार्वजनिक प्रदर्शनको लागि अनुमति दिने’ निर्णय गरेकोमा फिल्मले समितिको निर्णय पालना नगरेको बोर्डको पत्रमा उल्लेख छ ।‘

चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट भएको निर्णयको पालना गरे नगरेको अनुगमन गरि सेन्सर बमोजिम चलचित्र प्रदर्शनीको व्यवस्था मिलाइ सोको प्रतिवेदन समेत पेश गर्नुहुन आदेशानुसार अनुरोध छ’ पत्रमा लेखिएको छ ।

सरोज पौडेलले निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, मन्जिल कुमार, नीति शाह लगायतका कलाकारको अभिनय रहेको छ ।

1.11K shares