फेसबुक, युट्युबसहित सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
वि.सं.२०८२ भदौ १९ बिहीवार ०९:४१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकिएको समयावधिभित्र सूचीकरणका लागि आवेदन नदिएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । यसअघि यही भदौ ९ गते नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिने निर्णय गरेको थियो ।
सोही निर्णयअनुरुप सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही भदौ १२ गते सार्वजनिक सूचना जारी गर्दै फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स), लिंक्डइनलगायतलाई एक साताभित्र दर्ता हुन आह्वान गर्यो । तर, यो समयावधि बुधबार मध्यराति सकिएको छ ।
तोकिएको समयमा दर्ता हुन नआएपछि बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले बिहीबारबाट बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रालयले फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।
वि.सं.२०८२ भदौ १९ बिहीवार ०९:४१












