फिल्म ‘परालको आगो’को स्क्रिप्ट पूजा सम्पन्न

1.5K shares

काठमाडौँ । लक्ष्मण सुनारको निर्देशनमा बन्ने फिल्म ‘परालको अगो’को स्क्रिप्ट पूजा गरिएको छ । बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा फिल्मको स्क्रिप्ट पुजा गरिएको हो ।

फिल्मको छायांकन भदौ २६ गतेबाट हुने जानकारी दिइएको छ । फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, श्रृजना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने लगायतको अभिनय रहनेछ । फिल्मका निर्माता सुशील पोखरेल हुन् ।

म्याग्दीमा खिचिने फिल्मको कथा सुशील देवकोटाको रहेको छ । फिल्ममा शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत छ । संकल्प भुजेलको छायांकन रहने फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन, सुलक्षण भारतीको स्क्रिप्ट डक्टरिङ रहनेछ ।

1.5K shares