राजेश हमालले भने,’नेपाली भएकोमा यति धेरै लज्जित महसुस पहिले कहिल्यै गरेको थिइनँ’

1.43K shares

काठमाडौं । ‘जेनजी’ पुस्ताले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा भएको हिंसात्मक घटना र एक दर्जनभन्दा बढी युवाको मृत्युपछि अभिनेता राजेश हमालले गहिरो पीडा व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा एक भावुक पोस्ट लेख्दै आफूले नेपाली भएकोमा यति धेरै लज्जित महसुस पहिले कहिल्यै नगरेको बताएका हुन्।

हमालले लेखेका छन्, ‘हामी एक राष्ट्रको रूपमा हाम्रा युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौँ, उनीहरूको वर्तमानसमेत खोसिरहेका छौँ।’ उनले आजको दिन नेपालको इतिहासमा सबैभन्दा पीडादायी दिन बनेको उल्लेख गरेका छन्।

म विदेश यात्रा गर्दै छु, ‘उनले लेखेका छन्, नेपाली भएकोमा यति लाज महसुस मैले कहिल्यै गरेको थिइनँ।’

1.43K shares