संविधानको रक्षा गर्न भन्दै एमाले र समाजवादीका कार्यकर्ताको प्रदर्शन
वि.सं.२०८२ भदौ २६ बिहीवार ०६:२०
1.46K
shares

काठमाडौँ । संविधानको रक्षा गरौं भन्दै नेकपा (एमाले) र एकीकृत समाजवादीका नेता–कार्यकर्ता प्रदर्शनमा निस्कन थालेका छन्।
बुधबार एमाले र एकीकृत समाजवादीका नेता–कार्यकर्ताहरूले काठमाडौंको मीनभवन क्याम्पसको गेटमा उभिएर प्रदर्शन गरेका हुन्।
एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुली, अनेरास्ववियुका पूर्वअध्यक्ष समिककुमार बडाल, पूर्वउपाध्यक्ष गोविन्द गिरी, एकीकृत समाजवादीनिकट अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठ लगायतले प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘संविधानको रक्षा गरौं’, ‘यही संविधानको मान्यताअनुरूप निकास खोजौं’ भन्दै प्रदर्शन गरेका हुन्।
वि.सं.२०८२ भदौ २६ बिहीवार ०६:२०
1.46K
shares








