०४७ सालयता लाभको पदमा रहेकाहरूको सम्पत्ति छानबिन गर : नारायणकाजी श्रेष्ठ
वि.सं.२०८२ भदौ २८ शनिवार ०६:५०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीहरूमाथि कारबाही गर्न र सुशासन कायम गर्न माग गरेका छन् । श्रेष्ठले शनिबार सामाजिक सञ्जालमा उक्त कुरा बताएका हुन् ।
यस्तो छ उनको स्ट्याटस –
निम्न मुद्दा आजको हाम्रो मूल मुद्दा
एक, घोषित मितिमै आमनिर्वाचन सम्पन्न गर,
दुई,भाद्र २३ गते आन्दोलनकारी जेन–जीहरूमाथि बर्बर नरसंहारकारी दमन गर्ने र भाद्र २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालतलगायत राष्ट्रिय महत्त्वका संरचना तथा व्यवासायिक, निजी संरचना( सम्पतिमाथि आक्रमण गरी ध्वंस गर्ने तत्वहरूको छानबिन गरी दोशीहरूमाथि कारबाही गर,
तीन, भ्रष्टाचारीहरूमाथि कारबाही गर, सुशासन कायम गर । २०४७ सालदेखि सरकार, संसद र सार्वजनिक लाभका पदमा रहनेहरूको सम्पति छानबिन गर र अनियमित रुपमा आर्जित सम्पति राष्ट्रियकरण गर,
वि.सं.२०८२ भदौ २८ शनिवार ०६:५०












