भगौडा अध्यक्ष भन्दै अनेरास्ववियुका कार्यकर्ताले हटाए सुजन कडरियाको फोटो र नेम प्लेट

1.44K shares

काठमाडौँ । नेकपा (एमाले)निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनिनय (अनेरास्ववियु)को अध्यक्ष पदबाट राजीनामा दिएका डा. सुजन कडरिया कार्यालय फर्किन खोजेपछि विवाद भएको छ ।

जेन–जी आन्दोलनका क्रममा १९ जना युवाको ज्यान गएपछि आफ्नो पार्टीले नेतृत्व गरेको सरकारप्रति असन्ततुष्टि व्यक्त गर्दै कडरियाले पदबाट राजीनामा दिनुका साथै एमाले परित्याग गरेका थिए । तर, उनले राजीनामा दिएको दुई दिनपछि अरुको दबाबमा सो निर्णय गर्न पुगेको दाबीसहित पार्टीमा फर्किएको बताएका थिए ।

अनेरास्ववियुमै रहेको दाबी गरेका उनी कार्यालय फर्किन खोजेपछि आज कार्यकर्ताले उनको फोटो र नेमप्लेट भुइँमा फ्याँकेर लात्ती हानेका छन् ।

1.44K shares