जसिता गुरुङको आग्रह, “विदेशमा बस्ने नेपाली भोट हाल्न बिदा लिएर घर जानूस”
वि.सं.२०८२ भदौ २९ आइतवार ०८:०१
1.79K
shares

काठमाडौं । जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले २१ फागुनमा चुनावको मिति घोषणा गरेको छ । जेनजीको आन्दोलनमा सक्रिय सहभागिता जनाएका सेलिब्रेटीले विभिन्न कुराहरुमा अपिल गर्दै आइरहेका छन् ।
देशले पहिलो महिला प्रधानमन्त्रीको रुपमा कार्की नियुक्त भएपछि खासगरि अभिनेत्री वृत्तमा अहिले खुसीयाली छाएको छ । अभिनेत्री जसिता गुरुङले त सरकारले घोषणा गरेको आउँदो चुनावलाई सफल बनाउन सामाजिक संजालबाट आग्रह गरेकी छन् ।विशेषगरि विदेशमा बसोबास गर्ने नेपालीलाई मताधिकारको प्रयोग गर्न उनको आग्रह छ । ‘विदेशमा बस्नुहुने सबै नेपालीलाई नयाँ नेपाल निर्माणको लागि योगदान गर्ने मौका छ’ उनी लेख्छिन्, ‘कामबाट बिदा लिनूस र मतदानको लागि घर जानूस ।’
वि.सं.२०८२ भदौ २९ आइतवार ०८:०१
1.79K
shares





