जेनजीको अगुवा बताउँदै आएका सुदनले सुशिला कार्कीको सरकार पनि ढाल्ने भनेपछि आक्रमण
वि.सं.२०८२ भदौ २९ आइतवार १२:१४
1.57K
shares

काठमाडौं । आफूलाई जेनजी समूहको अगुवा बताउँदै आएका ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक सुदन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलनमा भाँडभैलो भएको छ ।
आइतबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले राष्ट्रपति कार्यालयमा वार्ता चल्दाको वृत्तान्त सुनाउन थाले ।वार्ताको वृत्तान्त सुनाउने क्रममा उनले आफूहरूको माग पूरा नभए यो सरकार पनि ढाल्ने चेतावनी दिए ।
यसै क्रममा पत्रकारहरूले गुरुङमाथि जिज्ञासा राखे । सोही क्रममा गुरुङले उत्तेजित हुँदै पत्रकारमाथि नै धम्कीपूर्ण भाषा प्रयोग गरेपछि पत्रकार सम्मेलनमा भाँडभैलो भएको हो ।पत्रकारहरूमाथि धम्कीपूर्ण भाषा प्रयोग भएपछि पत्रकारहरू पनि गुरुङमाथि खनिए । सोही क्रममा दुवै पक्षबीच धकेलाधकेल भएको हो ।
वि.सं.२०८२ भदौ २९ आइतवार १२:१४
1.57K
shares





