‘जारी २’ भाइटीकामा आउने

1.32K shares

काठमाडौं । यो वर्षकै बहुप्रतिक्षित फिल्म ‘जारी २’ को नयाँ प्रदर्शन मिति तय भएको छ । जेनजी आन्दोलनले रोकिएको फिल्मको प्रदर्शन मिति कात्तिक ६ गतेलाई तोकिएको छ । निर्माण टिमले फिल्म्सको तीन नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।

उपेन्द्र सुब्बा निर्देशित फिल्म अब ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’सँग भिड्नेछ । ७ कात्तिकमा ‘मैझारो’ पनि आउने तय छ ।

फिल्मको पहिलो भाग अल टाइम ब्लकबस्टर भएको थियो । फिल्मको दोश्रो भाग पनि दर्शकले रुचाउने अपेक्षा गरिएको छ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतका कलाकारको अभिनय छ ।

 

1.32K shares