सीके राउतका पार्टीका ६ जना केन्द्रीय नेताले पार्टी छाडे

1.38K shares

काठमाडौं । जेनजी आन्दोलनपछाडि नेपालका राजनीतिक दलहरुमा जर्वजस्त पुस्तान्तरणको माग उठिरहेको छ । यस्तोमा जनमत पार्टीका नेताहरुले अध्यक्ष सिके राउतलाई पार्टी छाड्न अल्टिमेटम दिएका थिए ।

हिजो अल्टिमेटम दिएका ६ नेताले बिहीबार (आज) साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् । उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिं यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले पार्टी छाडेका हुन् ।

 

 

1.38K shares