‘हर्क साम्पाङ रिभोलुसन’को फिल्म ‘सोल्टिनी’ को टिजर सार्वजनिक
वि.सं.२०८२ असोज २ बिहीवार ०७:३७

काठमाडौँ । अर्जुन सुवेदीको निर्देशनमा बनेको चलचित्र ‘सोल्टिनी’को टिजर सार्वजनिक भएको छ । बिहीबार फिल्मको २ मिनेट लामो टिजर सार्वजनिक गरिएको हो ।
टिजरमा अन्तरजातीय प्रेम, ग्रामीण जीवनशैली र सामाजिक संघर्षलाई देखाइएको छ। फिल्ममा प्रकाश सपुत, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सब्बु गुरूङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय छ।
फिल्ममा कार्यकारी निर्माताको रूपमा हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम जोडिएको छ, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन्।
फिल्मको निर्मातामा रजिना विष्ट र संसार चौलागाईँ छन् भने सह–निर्माता रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी हुन्। कथा र पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको फिल्मका गीतमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत छ। योलो इन्टरटेनमेन्टसँगको सहकार्यमा प्लानेट थ्रि फिल्म्सको प्रस्तुति रहेको ‘सोल्टिनी’ सुशन प्रजापतिले छायांकन, निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।
वि.सं.२०८२ असोज २ बिहीवार ०७:३७












