समिरको दमदार एक्सनमा ‘बलिदान’को ट्रेलर
वि.सं.२०८२ असोज ३ शुक्रवार ०९:२६

काठमाडौँ । यो वर्षकै बहुप्रतीक्षित फिल्म बलिदानको ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार संविधान दिवसको अवसर पारेर फिल्मको एक्सनले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलर पुर्ण एक्सनले भरिएको छ । समिर भट्टको दमदार एक्सन देख्न सकिन्छ । ट्रेलरमा फिल्मको कथाबस्तु र पात्रको बारेमा देखाइएको छ ।
देशभक्तिपूर्ण डायलगले भरिएको ट्रेलरमा समिरको साथमा सौगात मल्ल, अर्पण थापा, हेमन्त बुढाथोकी फरक अवतारमा देखिएका छन्। सौगात मल्ल र समीर भट्टबीचको द्वन्द्वको दृश्य समेत ट्रेलरमा देखिन्छ। ऋचा शर्मा समिरको आमाको भूमिकामा देखिएकी छन् ।
ट्रेलर हेर्दा फिल्ममा छायांकन, संवाद र ब्याकराउन्ड स्कोर पनि राम्रो रहेको अनुमान गर्न सकिन्छ। आसुसेन फिल्म्स प्रा.लि. को ब्यानरमा बनेको बलिदानमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेनलगायतको अभिनय छ। निर्माता पवन ब्राडफोर्ड विष्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
बडादसैंको फूलपातीको दिन (असोज १३ गते)देखि फिल्म प्रदर्शनमा आउनेछ।
वि.सं.२०८२ असोज ३ शुक्रवार ०९:२६












