अभिनेता विजय बराललाई पुत्री लाभ
वि.सं.२०८२ असोज ६ सोमवार ११:५३
1.92K
shares

काठमाडौँ । पछिल्लो समय सर्वाधिक रुचाइएका कलाकार विजय बराललाई पुत्री लाभ भएको छ। उनकी श्रीमती प्रमिलाले सोमबार बिहान बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा दोस्रो सन्तानलाई जन्म दिएकी हुन्।
सन्तान जन्मीएको खुसी विजयले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै साटे । उनिहरु यसअगाडि नै एक छोराका अभिभावक थिए ।
दोस्रो सन्तान लाभ भएपछि विजयले खुसी साट्दै लेखेका छन्, ‘न्यानो सास, मनमा चलेको बेजोड ढुकढुकी र आमाको थाकेको अनुहारबीच जन्मिएको फेरि एउटा नयाँ संसार। परिवारमा सदस्यको रूपमा लक्ष्मीको आगमन भएको सुखद् जानकारी गराउन चाहेँ।’
वि.सं.२०८२ असोज ६ सोमवार ११:५३
1.92K
shares





