गौरीशंकरका युवाहरुलाई एक दिने मनोपरामर्श तथा उद्यमशिलता तालिम सम्पन्न
वि.सं.२०८२ असोज ६ सोमवार १३:५४

काठमाडौँ । गौरीशंकर उद्यमशिल युवा समाजले एक दिने मनोपरामर्श तथा उद्यमशिलता तालिम सम्पन्न गरेको छ । सोमबार काठमाडौँमा बसोबास गर्ने गौरीशंकर गाउँपालिकाका एक सय भन्दा बढी युवाहरुलाई तालिम दिइएको हो ।
समाजका अध्यक्ष दिलिप खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व सुचना तथा संचारमन्त्री पार्वत गुरुङले गरेका थिए । कार्यक्रममा ३ जना विषय विज्ञ वक्ताहरु राखिएको थियो । युवा मनोपरामर्शदाता विकास देव योन्जनले लक्ष्य हासिल गर्नका लागि के के तयारी गर्ने । युवाहरुको माइन्डसेट कसरी गर्ने भन्ने विषयमा प्रस्तुति दिएका थिए ।
यस्तै सफल रियल स्टेट व्यवसायी डिल्लीध्वज बराइलीले युवाहरुलाई आफ्नो सफलताको कथा सुनाएर प्रेरित गरेका थिए । यस्तै, खेन्पो पेमाछिरी शेर्पाले शान्ती र अहिंशाको बारेमा बुझाएका थिए ।
गाउँपालिकाको प्रत्येक वडाबाट १० जना युवाहरुलाई सहभागी गराएर कार्यक्रम गरिएको थियो । युवा समाजले आगामी दिनमा पनि यस्तै खालका उपलब्धिमुलक हुने कार्यक्रम ल्याउने अध्यक्ष खड्काले बताए ।
कार्यक्रममा गौरीशंकर गाउँपालिकाका विभिन्न सेक्टरका व्यवसायी जंग गुरुङ, फुरलाक्पा शेर्पा, दाफुटी शेर्पा लगायतको उपस्थिति थियो । यस्तै, पूर्व गाउँपालिका अध्यक्ष सोयम बहादुर खड्का र उपाध्यक्ष उर्मिला थामि केसी, वर्तमान गाउँपालिका उपाध्यक्ष उमा लुंगेली शेर्पा, वडा नम्वर ५ का अध्यक्ष निमसांगे शेर्पा लगायतका जनप्रतिनिधिको पनि उपस्थिति थियो ।
वि.सं.२०८२ असोज ६ सोमवार १३:५४











