नृत्यांगना सीता सुवेदीको निधन
वि.सं.२०८२ असोज ७ मंगलवार ०६:००
1.21K
shares

काठमाडौं । एक खुट्टाले नाचेर विश्वमाझ परिचि नृत्यांगना सीता सुवेदीको निधन भएको छ । उनको मंगलबार बिहान ४० वर्षको उमेरमा निधन भएको हो ।
उनि ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित थिइन् । एक महिनादेखि अस्पतालमा उपचाररत उनको आज बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
सीताले एक खुट्टाले नाचेर विश्वभर आफुलाई परिचित बनाएकी थिइन् । उनले १०० भन्दा धेरै स्टेजमा प्रस्तुति दिएकी थिइन् । साथै, अन्तर्राष्ट्रिय स्तरमा हुने इभेन्टमा पनि मुलुकको प्रतिनिधित्व गरेकी थिइन् ।
वि.सं.२०८२ असोज ७ मंगलवार ०६:००
1.21K
shares












