फेरि अपलोड गरियो ‘जेरी अन टप’को ‘कस्तूरी’ गीत
वि.सं.२०८२ असोज ७ मंगलवार ०६:३२

काठमाडौं । सुयोग गुरुङको निर्देशनमा बनेको चलचित्र ‘जेरी अन टप’को पहिलो गीत कस्तूरी सोमबार सार्वजनिक भएको थियो । प्राविधिक गडबढी भयो भन्दै गीतलाई हटाइएको थियो ।
उक्त रोमान्टिक गीत फेरि अपलोड गरिएको छ । गीतमा अभिनेता अनमोल केसी र आँचल शर्मा फिचर्ड छन् ।
गीतको भिडियोमा मुस्ताङदेखि भारतको राजस्थानसम्मका विभिन्न रमणीय दृश्यहरू देखाइएको छ । आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको गीतलाई संगीतकार जयन जे वाइबाले तयार गरेका हुन् ।
असोज ३१ गतेबाट रिलिज हुने फिल्ममा अनमोल र आँचलको साथमा जसीता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गी लगायतको अभिनय रहेको छ । सरोजज न्यौपानेको प्रस्तुतिमा तयार यो चलचित्रको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् ।
वि.सं.२०८२ असोज ७ मंगलवार ०६:३२












