युट्युबबाट हटाइयो ‘जेरी अन टप’को ‘कस्तुरी’ गीत
वि.सं.२०८२ असोज ७ मंगलवार ०६:४०
1.32K
shares

काठमाडौँ । सुयोग गुरुङको निर्देशनमा बनेको फिल्म ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तूरी’ युट्युबबाट हटाइएको छ । सोमबार बूढासुब्बा डिजिटलबाट सार्वजनिक गीत अहिले हटेको छ ।
अचानक गीत हटाइएको बारे निर्माण टिमले केहि बोलेको छैन । तर, नायक अनमोल केसीले पनि सामाजिक संजालमार्फत प्राविधिक समस्या आएपछि गीत हटेको उल्लेख गरेका छन् । केसीले दर्शकहरुसँग माफी माग्दै चाँडै नै गीत अपलोड हुने जानकारी दिएका छन् ।
रोमान्टिक बोलको गीतमा अनमोल र आँचल शर्मा फिचर्ड थिए । असोज ३१ गतेबाट प्रदर्शनमा आउने फिल्ममा अनमोल र आँचलको साथमा जसिता गुरुङ, भुवन केसी, केदार प्रसाद घिमिरे, उषा खड्गी लगायतका कलाकारहरूको पनि अभिनय छ ।
वि.सं.२०८२ असोज ७ मंगलवार ०६:४०
1.32K
shares





