सञ्चारमन्त्री जगदीश खरेल कांग्रेसको क्रियाशील सदस्य भएको पुष्टि
वि.सं.२०८२ असोज ७ मंगलवार ११:४९

काठमाडौँ । जेनजीको आन्दोलनले केपी शर्मा ओलीको सरकार ढालेपछि गैरदलिय अन्तरिम सरकार बनेको छ । तर, मन्त्रीपरिषद बिस्तार गर्दा नेपाली कांग्रेशका नेता तथा पत्रकार जगदीश खरेल पनि मन्त्री बनेपछि स्वतन्त्र सरकार दलमिश्रित बन्न पुगेको छ ।
खरेल नेपाली कांग्रेश दोलखाका क्रियाशील सदस्य हुन् । उनि बेलाबेलामा कांग्रेसका कार्यक्रममा दोलखामा पनि उपस्थिति जनाइरहेका हुन्छन् । नेताहरुलाई खरो प्रश्न सोध्ने उनको शैलीलाई धेरैले मन पराएका छन् । सोहि आधारमा उनको प्रशंसकहरु पनि धेरै छन् ।
खरेल दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर १ का खरेलले दोलखाबाटै कांग्रेसको क्रियाशील सदस्यता लिएका छन् । नेपाल तथ्य जाँचले उल्लेख गरे अनुसार खरेलको नाम बागमती प्रदेशको दोलखा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १, प्रदेश सभा २, कालिन्चोक गाउँपालिका, वडा नम्बर ७ को क्रियाशील सदस्यहरूको नामावलीको क्रमसंख्या १५३ मा रहेको छ।
खरेल पार्टीको क्रियाशील सदस्यको हैसियतमा जिल्ला अधिवेशनका लागि २०७८ असोजमा क्षेत्रीय प्रतिनिधि चयन भएका थिए। खरेल लामो समय इमेज टेलिभिजनमा काम गर्दै आएका थिए।
वि.सं.२०८२ असोज ७ मंगलवार ११:४९












