‘डल्लेले इन्ट्री मार्यो’मा बले र रोशनीले रोमान्स गर्ने
वि.सं.२०८२ असोज ७ मंगलवार १२:५७
1.68K
shares

काठमाडौँ । राजु गिरीको निर्देशनमा बन्ने चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को लिड रोलमा मोडल तथा थिएटर आर्टिष्ट रोशनी खड्का अनुबन्ध भएकी छिन् । ‘मिस नेपाल २०२५’मा अडिसन दिएको एउटा भिडियो क्ल्प्सि सार्वजनिक भएपछि चर्चामा आएकी थिइन् रोशनी ।
रोशनीले फिल्ममा चर्चित हाँस्य कलाकार सागर लम्साल (बले) सँग रोमान्स गर्नेछिन् । लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा सागर र रोशनीका साथमा रमेश बुढाथोकी, रबिन्द्र झा, ध्रुव कोइराला, सुभाष गजुरेललगायतका कलाकारले अभिनय रहनेछ ।
फिल्ममा श्याम तामाङको छायाङ्कन, देव महर्जनको द्वन्द्व, अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापाको सङ्गीत रहनेछ । फिल्मको छायांकन दशैंपछाडि शुरु हुनेछ ।
वि.सं.२०८२ असोज ७ मंगलवार १२:५७
1.68K
shares





