‘माइतीघर’लाई सबै बर्गका दर्शकले हेर्न पाउने

1.06K shares

काठमाडौँ । मिलन तामांगको निर्देशनमा बनेको चलचित्र ‘माइतीघर’ले यूनिभर्सल सर्टिफिकेट पाएको छ । बुधबार सेन्सर बोर्डले फिल्मलाई सबैले हेर्न मिल्ने गरि यूनिभर्सल सर्टिफिकेट दिएको हो ।

असोजको १३ गतेबाट रिलिजमा आउन लागेको फिल्मलाई सबै बर्गका दर्शकले हेर्न पाउनेछन् । पारिवारिक जनरामा बनेको फिल्म र मल्टिस्टारकास्ट भएका कारण फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

रोहित अधिकारीको निर्माण रहेको फिल्मको बूकिङ समेत खुलिसकेको छ । यो फिल्मले देशभरका हलमा सय बढी शोज पाइसकेको छ । फिल्मलाई बिहान सवा ५ बजेदेखि बेलुकीसम्म अधिकांश हलले शोज दिएका छन् ।

रामशरण पाठकको कथा रहेको फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ ।

 

1.06K shares