फिल्म ‘हर्ष’को डान्सिङ नम्बर ‘सिठ्ठी मार’ सार्वजनिक

889 shares

काठमाडौँ । एकता पौडेलको डेब्यू निर्देशनमा तयार भएको फिल्म ‘हर्ष’को पहिलो गीत ‘सिठ्ठी मार’ सार्वजनिक भएको छ । दशैंको अबसरमा फिल्मको डान्सिङ नम्बर सार्वजनिक गरिएको हो ।

गीतमा पवित्रा घिमिरेको शब्द रहेको छ भने एलिस कार्कीको संगीत । गीतमा प्रताप दास र सदीक्षा कट्टेलको स्वर रहेको छ । गीतको भिडियोमा मुख्य कलाकारहरू वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधरलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा खगेन्द्र र वर्षाको बिहेदेखि वर्षा गर्भवती भएसम्मको दृश्य खिचिएको छ ।

मंसिरको १२ गतेबाट रिलिजमा आउने फिल्ममा प्रसन्न पौडेल र विकास पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता हिक्मत चोखाल हुन् । फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला पन्त, माओत्से गुरुङ, विसा पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टी महर्जन, श्रीजना नापित तथा बाल कलाकार साइमन वादीको मुख्य भूमिका छ ।

अष्टलक्ष्मी प्रोडक्सन र इ प्राइम मुभिजको व्यानरमा निर्माण भएको यो फिल्ममा एकता पौडेलकै कथा छ । फिल्ममा समीर र हिमाल, वसन्त सापकोटा, एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन, सुनिल क्षेत्री र निर्देशक पौडेलकै कोरियोग्राफी छ ।

 

889 shares