युलेन्सको अध्यक्षबाट आरजु राणाले दिइन् राजीनामा
वि.सं.२०८२ असोज ११ शनिवार ०५:५३
1K
shares

काठमाडौ । युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट नेपाली कांग्रेसकी नेत्री तथा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले राजीनामा दिएकी छिन् । उनले अभिभावकको बैठकमा राजीनामा दिएकी हुन् ।
राणाले युलेन्सको काठमाडौं र ललितपुरको दुवै स्कूलबाट उनले राजीनामा दिएकी हुन । गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा तोडफोड र आगजनी भएको थियो । स्कुल जलेर पूर्णरुपमा नष्ट भएको छ । तर, राणा युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष मात्र थिइन् ।
राणाको लगानी रहको भन्दै अफवाह फैलाएपछि स्कुल जलाइएको थियो ।
वि.सं.२०८२ असोज ११ शनिवार ०५:५३
1K
shares











