जेनजी आन्दोलनका घाइतेको उपचारका लागि देशभर ‘जेनजी क्लिनिक’ सञ्चालन गरिने
वि.सं.२०८२ असोज ११ शनिवार १२:४५
1.86K
shares

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ ।
प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको पहिचान एवम् सहज र प्रभावकारी उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अस्पताल तोकी क्लिनिक सञ्चालन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले घाइते भएका व्यक्तिलाई तोकिएका अस्पतालमा सहजीकरण गर्न गृह र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सम्पर्क व्यक्ति तोक्नेछ ।
घाइतेको वर्गीकरण गर्न उपचारमा संलग्न अस्पतालको विषय विज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी सम्बन्धित अस्पतालमार्फत कार्य प्रारम्भ गरिने मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
वि.सं.२०८२ असोज ११ शनिवार १२:४५
1.86K
shares





