‘आ बाट आमा’को छायांकन सकियो
वि.सं.२०८२ असोज १२ आइतवार ०५:२८
910
shares

काठमाडौँ । चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा’को छायांकन सकिएको छ । फिल्मको छायांकन २५ दिनमै सकिएको हो ।
चितवन र काठमाडौंमा छायांकन भएको फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतका कलाकारहरूको मुख्य भूमिका छ ।
आर्या इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको यो फिल्ममा नवराज उप्रेतीको डीओपी, कोशिश क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतमको संगीत छ ।
वि.सं.२०८२ असोज १२ आइतवार ०५:२८
910
shares






