‘बलिदान’को ‘बाङ्गा बाङ्गा’ गीत सार्वजनिक

1.7K shares

काठमाडौँ । सोमबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक भएको छ । हर्क साउदको शब्द रहेको गीतमा सुजन चापागाँइको संगीत रहेको छ । गीतमा सुजन र भूषण खतिवडाको स्वर छ ।

सार्वजनिक गीतको भिडियोमा घना जंगलको बीचमा आदिवासी बस्ती देखाइएको छ । जहाँ, आदिबासीहरुको बीचमा फिल्मका मुख्य नायक समीर भट्टले डान्स गरेका छन् ।सुनिल क्षेत्रीको कोरियोग्राफीमा यो गीतको भिडियो तयार भएको हो ।

फिल्ममा समीरको साथमा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त वुढाथोकी, प्रेम पुरी लगायतका कलाकारहरूको अभिनय छ । आसुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा पवन ब्राडफोर्डको लगानी छ । प्रेम पुरी फिल्मका कार्यकारी निर्माता हुन् ।

 

1.7K shares