अनेरास्ववियुले बालेन र सुदनविरुद्ध देशैभरि जाहेरी दिने

1.03K shares

काठमाडौँ। नेकपा एमालेको जनवर्गिय संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दिने भएको छ ।

जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र गुरुङविरुद्ध जाहेरी दिन लागेको अखिलले जनाएको छ । अखिलका महासचिव दीपक धामीले पत्रकार सम्मेलन गर्दै भने, ‘सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएको छ । देशैभरका जिल्ला प्रहरी कार्यालयमा जोहरी दिन्छौं,’ ।

‘केन्द्रको समन्वयमा जिल्ला जिल्लामा आजदेखि जाहेरी दिने महासचिव धामीले बताए । यसअघि मंगलबार अखिल जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएको थियो । तर जाहेरी दर्ता भएको छैन ।

 

1.03K shares