‘कल्ली’को ३ पोस्टर सार्वजनिक

1.39K shares

काठमाडौँ । लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्म कल्लीको ३ पोस्टर सार्वजनिक भएको छ । फागुनको १ गतेबाट रिलिजमा आउन लागेको फिल्मको ३ पोस्टर सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रचार सुरु गरेको छ ।

सार्वजनिक पोस्टरमा पात्रहरुको चरित्र देखाउने कोशिष गरिएको छ । एउटा पोस्टरमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको काखमा बाल कलाकार मञ्जिला बानियाँलाई देख्न सकिन्छ । यस्तै, एक अर्को पोष्टरमा कलाकार सुलक्षण भारतीको भिन्न गेटअप छ । तेश्रो पोस्टरमा सौगात मल्ललाई देख्न सकिन्छ ।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी, सरस्वती खत्री र श्याम मगरको मुख्य भूमिका छ ।

आशिष अविरल, सरित राई, केतन क्षेत्रीको संगीत रहेको यो फिल्ममा एनवी महर्जनको एक्सन, निसाल पौडेलको छायांकन छ । राकेश दाहालले फिल्मको पोस्टर तयार पारेका हुन् । लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तूरी प्रोडक्सनको प्रस्तुतिमा यो फिल्म तयार भएको हो ।

1.39K shares