‘जारी २’ को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

1.52K shares

 

काठमाडौं ।बहुप्रतिक्षित फिल्म ‘जारी २:  सङ अफ च्याब्रुङ’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको झण्डै ४ मिनेटको ट्रेलर सार्वजनिक गरिएको हो ।

उपेन्द्र सुब्बाको पटकथा लेखन र निर्देशन रहेको यो फिल्म यसअघिको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो । ट्रेलरमा फिल्मको कथावस्तुबारे जानकारी दिने कोशिष गरिएको छ ।

फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको निर्माण र बाँसुरी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको हो । फिल्ममा दयाहाङ राई, मिरुना मगर,ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा लगायतको अभिनय छ ।

फिल्म २१ कात्तिकबाट प्रदर्शनमा आउनेछ ।

 

1.52K shares