पल र भारतीय मोडलको ‘बेली चमेली’

2.34K shares

काठमाडौँ । पल शाहको नयाँ म्युजिक भिडियो ‘बेली चमेली’ गीत युट्युबमा सार्वजनिक गरिएको छ । गीतमा स्वाती भाटको स्वर, विनोद ढकालको र्‍याप तथा निशाद चन्द्राको संगीत संयोजन छ ।

गीतको मिक्स–मास्टरिङ् बलिउडका ख्यातिप्राप्त मिक्सिङ इन्जिनियर मनीभनन आनन्दनले गरेका हुन् । भारतमा छुट्टै पहिचान बनाइसकेको मशकबिन स्टुडियोको ब्यानरमा नेपाल–भारत सहकार्यमा तयार गरिएको गीतलाई मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

 

गितको भिडियोमा अभिनेता पल शाह र भारतीय मोडल तथा नायिका श्वेता महराको अभिनय तथा नृत्य देख्न सकिन्छ । उनीहरुलाई राज टाइगर, बिन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङले अभिनयमा साथ दिएका छन् ।

भिडियोमा कवीराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

2.34K shares