ओलीको ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक

1.09K shares

काठमाडौँ । गायक सरोज ओलीको नया गीत ‘तिम्रा माताजीलाई नमस्ते’ सार्वजनिक भएको छ। आज गज्जब टिभी मार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा ओलीको शब्द र दीपक शर्माको संगीत रहेको छ । गीतमा भारतीय गायिका भुमी त्रिदेवीले फिमेल आवाजमा साथ दिएकी छिन्।

किरण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा गायक ओलीको साथमा आर्यन सिग्देल, प्रियंका कार्की, कविता नेपाली, प्रेमा लाम्गादे प्रस्तुत रहेका छन्।

 

1.09K shares