अमेरिकामा रहेकी गायिका सत्यकला राईको नाम रास्वपाको समानुपातिक सूचीमा
वि.सं.२०८२ पुस ४ शुक्रवार ०८:२८
1.01K
shares

काठमाडौँ । गायिका सत्यकला राईको नाम रास्वपाको समानुपातिक सूचिमा परेको छ । खोटाङ जिल्लाबाट उनको नाम आदिवासी जनजाति सूचिमा सिफारिस भएको हो ।
राईले ‘तिमीलाई हङकङ पुर्यायो आइडी काडैले’लगायत दर्जन बढी चर्चित गीत गाएकी छन् । उनी चलचित्र निर्माता नवल खड्काकी श्रीमती हुन् । उनी हाल सांगीतिक कार्यक्रम र भेटघाटका लागि अमेरिकामा छिन् ।
रास्वपाले प्रारम्भिक सूचीमा रहेका उम्मेदवारहरूसँग पुस ५ गते छलफल गर्नेछ ।
वि.सं.२०८२ पुस ४ शुक्रवार ०८:२८
1.01K
shares











