ओलीसँग झापामा चुनाव लड्ने बालेनको चाहना
वि.सं.२०८२ पुस ९ बुधवार ०५:२२
1.18K
shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले झापामा केपी शर्मा ओलीसँग चुुनाव लड्ने चाहना ब्यक्त गरेका छन् । मेयरको कार्यकाल पुुरा गर्ने वा प्रतिनिधिसभाको चुनाव लड्ने भन्ने अन्यौलकाबीच बालेनले निकटहरुसँग यस्तो चाहना व्यक्त गरेका हुन् ।
ओलीलाई उनकै क्षेत्रमा नहराइकन चुनाव जितेको मज्जा नै नहुने उनले निकटहरुसँग बताउने गरेका छन् । ओली लगातार झापाबाट चुुनाव लडिरहेका छन् । गत भदौमा भएको जेनजी बिद्रोह पछि ओलीको ग्राफ ओरालो लागिरहेको छ । यस्तोमा बालेनले उनलाई चुनौति दिन अनुमान गरिएको छ ।
पछिल्लो समय रास्वपाका सभापति रवि लामिछाने जेलबाट निस्केसँगै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा आगामि निर्वाचनमा जाने चर्चा चलिरहेको छ । रवि र बालेनबिच पटक पटक भेटवार्ता चलिरहेको छ ।
वि.सं.२०८२ पुस ९ बुधवार ०५:२२
1.18K
shares












