भाइ बालेनसँग मिलेपछि रविको दाई काठमाडौँको मेयरमा उठ्ने
वि.सं.२०८२ पुस १३ आइतवार ०३:४२
777
shares

काठमाडौँ । रवि लामिछानेका दाई हरिशरण लामिछानेले काठमाडौंको मेयरमा उठ्ने घोषणा गरेका छन् । मध्यराति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र शाहले गरेको सम्झौता भए लगत्तै उनले यस्तो घोषणा गरेका हुन् ।
उनले रवि र बालेनको सम्झौतालाई सकारात्मक भन्दै काठमाडौँको मेयरमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘दुई भाइको सम्झौताप्रति सम्मान र खुशी व्यक्त गर्दै काठमाडौँ महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रबल सम्भावना रहेको जानकारी गराउँदछु।’
लामिछाने रेडियो नेपालबाट सेवानिवृत्त हुन् र भदौको जेन्जी आन्दोलनमा उनले रेडियो नेपालको स्टुडियो छिरेर १५ मिनेट भन्दा बढी राष्ट्रिय प्रसारण नै कब्जा गरेका थिए ।
वि.सं.२०८२ पुस १३ आइतवार ०३:४२
777
shares












