एमालेको सचिवालय बैठक बस्दै

581 shares

काठमाडौँ । नेकपा (एमाले)ले आज सचिवालय बैठक बस्ने भएको छ । पार्टीको ११ औँ महाधिवेशनपछि पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे बस्ने जनाइएको छ । बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका समानुपातिक उम्मेदवारको विषयमा छलफल हुने जनाइएको छ ।

581 shares