दाङमा बस दुर्घटना हुँदा आठ जना घाइते
वि.सं.२०८२ पुस २७ आइतवार ११:५०
700
shares

काठमाडौँ । दाङमा बस दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहनगरपालिका–१६ रावतगाउँ चोकमा बस दुर्घटना हुँदा बसमा सवार आठ जना घाइते भएका हुन् ।
घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००३१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयलृ जनाएको छ । घाइतेहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८२ पुस २७ आइतवार ११:५०
700
shares











